मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लुम्बिनी प्रदेशको रुकुम (पूर्व) जिल्लास्थित भूमे गाउँपालिका–२ मा अवस्थित छ। आ.व. २०७४/०७५ मा भूमे गाउँपालिका सहकारी ऐन, २०७४ को दफा ६ बमोजिम विधिवत रूपमा दर्ता भई, यस संस्थाले आर्थिक, सामाजिक र सहकारी सेवाको क्षेत्रमा क्रियाशील रूपमा कार्य गर्दै आएको छ।
स्थापना यता संस्थाले सामूहिक बचत, ऋण सुविधा, वित्तीय साक्षरताको विस्तार, सीप विकास तालिम, तथा विविध सामाजिक उत्थानका कार्यक्रमहरू सञ्चालन गर्दै समुदायमा आत्मनिर्भरता र सशक्तिकरणको जग बसाल्ने प्रयत्न गरिरहेको छ।
पारदर्शिता, आपसी सहयोग, र सहभागितामूलक मूल्यलाई आत्मसात गर्दै, संस्थाले स्थानीय समुदायको जीवनस्तर सुधार गर्नु र आत्मनिर्भरता तर्फ उन्मुख गराउनु आफ्नो मूल उद्देश्य मानेको छ।
हामी दृढ विश्वास गर्छौँ – सहकार्य, समर्पण र सहभागितामार्फत मात्र समृद्ध, सशक्त र दिगो समाजको निर्माण सम्भव छ। आगामी दिनमा पनि तपाईंहरूको निरन्तर सहयोग, सुझाव र सहभागिताको अपेक्षा गर्दै सम्पूर्ण सदस्य तथा सरोकारवालामा आभार प्रकट गर्दछु।
जय सहकारी !